बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

प्यूठानका प्रतिश जि.सी.लाई डेब्यू विकेट



काठमाडौं । प्यूठानका १८ वर्षीय प्रतिश जि.सी.ले पपुवा न्युगिनीविरुद्ध डेब्यू विकेट लिएका छन् । जिसीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध डेब्यू विकेट लिएका हुन् ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ३५ ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ । डेब्यू खेल खेलेका प्रतिशले ३४ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीद्वारा हिरि हिरिलाई १० रनमा क्याच गराउँदै विकेट लिएका थिए ।

तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई पहिलो सफलता प्राप्त गराएका छन् । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पपुवा न्युगिनीका आक्रामण ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गराउँदै सफलता हासिल गरेका हुन् ।

तीव्र गतिका बलर गुलशनको १६ औं ओभरको अन्तिम बलमा डोरिगा टप एज लागेर मिडअनमा करण केसीबाट क्याच आउट भए । उनले ५२ बलमा ४ चौका हानेका थिए । दोस्रो विकेटका लागि डोरिगा र बाउले ५० रनको सम्झौता गरेका थिए ।

गुलशनले २४ औं ओभरको दोस्रो बलमा सेसे बाउलाई ३१ रनमा बोल्ड गर्दै नेपाललाई तेस्रो बन्न सफल बनाएका छन् । ५५ बल खेलेका बाउले ३ चौका प्रहार गरेका थिए । गुलशनले चाल्र्स अमिनीलाई ६ रनमा क्याच गराएका थिए । असाद भाला २७ र चाँद सोपर १ रनमा क्रिजमा अविजित भएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ४ : ५५ बजे