बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

नेपालको धर्म, संस्कृति जर्गेनाको लागि आयोजित देउसीभैलोमा कुन्तीदेवी पोख्रेल



काठमाडौं । तमाम हिन्दू नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अथवा यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार बिहान कुकुरको पूजा गरी मीठामीठा खान दिएर मनाइयो । आजै बेलुका घरघरमा लक्ष्मी पूजा गरिँदै छ । भोलि सूर्य ग्रहण लाग्ने भएकाले आजै लक्ष्मी पूजा गरिन लागिएको हो ।

कुकुर तिहार तथा लक्ष्मी पूजाको अवसर पारेर विभिन्न सामाजिक संघसंस्थाहरुले देउसीभैलो कार्यक्रम आयोजना गर्दै आएका छन् । त्यसै अवसरमा काठमाडौंको मूलपानीस्थित ऐरामे सेवा समाजले पनि देउसीभैलो कार्यक्रमको आयोजन गरेका छ । सो कार्यक्रममा काठमाडौं क्षेत्र २ मा राप्रपाको तर्पmबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्तीदेवी पोख्रेल सरिक भएकी थिइन् ।

पोख्रेललाई त्यहाँका समाजसेवीले आयोजना गरेका देउसीभैलो कार्यक्रममा आमन्तण गरिएको थियो । यसरी नेपालीको धर्म, संस्कार, संस्कृतिको रक्षाका निम्ति आयोजना गरिएको देउसीभैलो कार्यक्रममा सरिक भई उम्मेदवार प्रोख्रेलले स्थानीयसँग भलाकुसारी र शुभकामना आदनप्रदान गरेकी छन् ।

कार्यक्रममा उपस्थित स्थानीयमा काठमाडौं २ की उम्मेदवार पोख्रेलको उपस्थितिले उत्साह छाएको छ । कार्यक्रममा पोख्रेलले आफू पनि समाजसेवी भएकाले सुखदुःखमा साथ दिन सधैं तयार रहेको बताइन् । उनले बिरामी पर्दा अस्पताल पुग्ने, बिवाह, ब्रतबन्धमा सहभागी हुने र विकास निर्माणका काममा सर्वसाधारणसँग हातमाहात मिलाएर अगाडि बढ्ने प्रतिवद्धता पनि जाहेर गरिन् । अन्त्यमा नेपाल धर्म, संस्कार, संस्कृतिले भरिपूर्ण देश हो । आफ्नो वाल्यकाल स्मरण गर्दै त्यसलाई जोगाउन ‘मलाई तपाईंहरुको साथ, सहयोग र समर्थनको खाँचो छ’, पोख्रेलले जोड दिइन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ३ : ४७ बजे