जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

बुहारीको कुटाइबाट सिन्धुपाल्चोकमा ससुराको मृत्यु



काठमाडौं । हेलम्बु गाउँपालिका(१ मा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका(१ गोवागाङ गाउँका ८० वर्षीय कामीढिण्डु लामा रहेका छन् ।

बुहारी २३ वर्षीया रिता तामाङले आइतबार विवादका क्रममा काठको चिर्पटले प्रहार गर्दा लामा घाइते भएका थिए । टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो ।

प्रहरीले आज उपचारका क्रममा ज्यान गएको र बुहारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ६ : ४३ बजे