बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

जिसन नवलपरासीद्वारा ‘तीज मिलन २०७९’ कार्यक्रम सम्पन्न



काठमाडौं । हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा जिसन नवलपरासीले ‘तीज मिलन २०७९’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तीज पर्वको महत्वबारे विभिन्न वक्ताले बोलेका थिए । हिन्दू महिलाहरुको महान पर्वको रुपमा परापूर्व कालदेखि मनाइँदै आएको तीज पछिल्लो समय संस्कार, संस्कृति र परम्पारलाई धान्ने भन्दा पनि उत्ताउलिएर विकृति, विसंगतितिर उन्मुख हुँदै गएको छ ।

त्यस्ता विकृति, विसंगतिबाट जोगाउन र नयाँ पुस्तालाई सोको जानकारी गराउन पनि यो कार्यक्रमको आयोजना गरिएको हो । धर्म, संस्कार, संस्कृति र परम्परा हाम्रो पहिचान भएकाले पनि त्यसलाई पुस्तान्तरण गर्नका लागि जिसन नवलरासीले ‘तीज मिलन २०७९’ कार्यक्रमको आयोजना गरेको अतिथि तथा सहभागी वक्ताले बताएका थिए ।

चाडपर्वको नाममा हुने गरेका विकृति, विसंगतिहरु घट्दै जाने र भावी सन्ततिले त्यसको जगेर्ना गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताइएको छ । संस्कार, संस्कृति धान्नुका साथै मानिसमा भाइचाराको सम्बन्ध विस्तार हुने पनि बताइएको छ । त्यसको लागि शैक्षिक संघ, संस्थाहरुले विशेष ख्याल गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि नेकपा एमालेकी नेतृ एवं संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकी रहेकी थिइन् । विशेष अतिथि प्याब्सनका केन्द्रीय सह–कोषाध्यक्ष खेमबहादुर थापा रहेका थिए । त्यसैगरी अतिथिहरुमा प्याब्सन प्रदेश सचिव धनराज चापागाईं ।

जिसनका पूर्व इन्द्र गुरुङ, प्याब्सनका जिल्ला अध्यक्ष गुरुदत्त पौडेल साथै जिसनका सल्लाहकार कृष्ण आचार्य र भगवान्त धवल रहेका थिए । कार्यक्रममा नवलपरासी जिसन सञ्चालक, प्रिन्सिपल, प्राध्यापक, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी र महिला दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम दीपक पौडेलले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ६ : ०० बजे