फाल्गुन १२, २०८० शनिबार Sun Feb 25 2024

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास मनमैजु मार्गबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३६ हजार रूपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ३ : २९ बजे