पुस २३, २०८१ मंगलबार Tue Jan 7 2025

यस्तो छ आजको राशीफल



काठमाडौं । १५, वैशाख २०७९, विहीबार । तद्नुसार अप्रिल महिनाको २८ तारिक २०२२ । बैशाखकृष्णपक्ष त्रयोदशी, प्रदोषव्रत रहेको छ । उत्तरभाद्रपदा नक्षत्र, वैधृति योग, चन्द्रमा मीन राशिमा छ ।

आज बिहान सूर्योदय ५ः२८ मा भएको छ भने सूर्यास्त ६ः३६ मिनेटमा हुनेछ । आज बिहान ११ः३६ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा गरेका कार्यहरु सफल हुनेछ । आजको देवता दिती र ग्रहदेव शुक्र हुन् ।

बिहीबार अध्ययन, अनुसन्धान, लेखन र शैक्षिक संस्थाको भर्ना र पुस्तक खरिद गर्दा शुभ हुनेछ । विहीबारलाई गुरु बृहस्पतिबार पनि भनिन्छ । बिहीबारको दिन लामो यात्राका लागि निस्कनु त्यति फलदायी मानिदैन । यदि जानु नै पर्नेछ भने यात्रा अघि कन्याको दर्शन र दहीको सेवन गर्नुहोला ।

आजको राशिफल

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ)– सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । सामाजिक सेवाका काममा मन जानेछ । अर्थआर्जन हुने काममा समय खर्च गर्नुहोला ।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)– आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । कसैलाई पनि दूवाच्य वचन नबोल्नुहोला ।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह)– धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)– कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)– सिंह राशिका जातकले बिहीबारको बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ ।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो)– यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते)– तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)– बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ । विहान सूर्योदयको दर्शन र कही अध्यात्मज्ञान श्रवण गर्नुहोला ।।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)– सन्तान र स्त्री जातिको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)– आजको दिन तपाईंले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द)– मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)– बिहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ । चन्द्रमाको साथ पनि रहेको छ । आजको दिन गरेको काम शुभ हुनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : ३३ बजे