कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

नामाकारणको खुसीयाली मनाउँदै कोशी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं ।कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ। प्रदेशको नामकरण भएको खुशीयालीमा सार्वजनिक बिदा दिइएको हो। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले बताए। बुधबार नै प्रदेश सभाले दुई तिहाई बहुमतका साथ नाम टुंगो लगाएको थियो।