काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदै छ । कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उमेदवारी दर्ता गर्नु पर्नेछ । उमेदवारी दर्ता आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । उमेदवार बन्न ५१ हजार शूल्क तिर्नुपर्ने भएको छ…