२९ आश्विन २०८३, बिहिबार Thu Oct 15 2026

लामखुट्टेको प्रकोप नियन्त्रण गर्न लहान नगरपालिकाले झुल वितरण

काठमाडौं । गर्मी र वर्षातको मौसम सुरु भएपछि लामखुट्टेको प्रकोप बढेको छ। त्यही प्रकोपबाट जोगाउन सिरहाको लहान नगरपालिकाले झुल वितरण सुरु गरेका छन्।  वडा नम्बर १५ ढोढनाबाट वितरण सुरु गरेका छन्। त्यहाँको २७५ विपन्न, दलितलाई वितरण गरिएको मेयर महेश चौधरीले जानकारी गराए। ‘गर्मी र वर्षातको मौसम सुरु हुनेबित्तिकै लामखुट्टेको प्रकोप बढेको छ। टोकाइबाट मानिसहरू बिरामी…