काठमाडौं । कर्णालीका १ लाख २० हजार ५१० जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । नियमित खोपको लक्षित समूह अन्तर्गतका २१ हजार ६५७ जना किशोरी र अभियानको लक्षित समूह अन्तर्गतका ९८ हजार ८५८ किशोरीलाई एचपीभी खोप लगाइने भएको हो ।
खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने छ । यद्यपि कर्णालीका हिमाली क्षेत्रहरूमा भौगोलिक कठिनाइका कारण केही ढिलाइ पनि हुन सक्ने निर्देशनालयले जनाएको छ ।