काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ घुस मुद्दामा दोषी ठहरिएका छन्।
४ लाख घुस लिएको कसुरमा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरू न्यायाधीश रामबहादुर थापा र न्यायाधीश रितेन्द्र थापाको इजलासले तामाङलाई मंगलबार दोषी ठहर गरेको हो ।
इजलासले उनलाई ६ महिना कैद र चार लाख बिगो रकम माग गरेको छ ।