काठमाडौ । खोलाले आफ्नो बहावका क्रममा विभिन्न कुना र कन्दरा तथा छहराको रुपमा आरोह अवरोह पार गर्दै महासागरमा मिसिन पुग्नु पर्दछ । संभवत ! यसरी महासागरको सम्मोहनमा पुग्न नदीलाई कति हण्डर र ठक्कर खानुपर्छ, त्यो बहने नदीलाई मात्र थाहा होला । हामी मानव भएर जन्म लिएपछि पनि त्यस्तै खालको आरोह, अवरोह र उत्तरचढाव पार गर्दै अगाडी बढ्नुपर्दछ । यसरी सहनुको विकल्प पनि रहन्न । जसरी ढुंगाको काप फोरेर पिपल उम्रिन्छ, त्यसरी नै मानिस पनि हरेक दुःख कष्ट सहेर समाज परिवर्तनको लागि जो मान्छे लागिरहन्छन्, उनीहरु नै सफलताको कडीमा उभिन सक्षम र सफल हुन्छन् ।
हो, यस्तै आरोह अवरोह पार गर्दै संविधान निर्माणको तहसम्म पुग्न सफल भएकी एक पात्रको विषयमा यहाँ चर्चा गर्न लागिएको छ । नेपालमा विभिन्न कालखण्डमा विभिन्न कालखण्डमा विभिन्न खालको राजनीतिक परिवर्तनहरु भए । ति परिवर्तनलाई नजिकबाट नियालेर र भोग्दै आफ्नो राजनीतिक चेतलाई अझ माथि उठाउँदै राज्यको मूल कानुन निर्माणको तहसम्म पुग्न सफल ब्यक्ति हुनः सिन्धु जलेसा बुढाथोकी ।
उसै त उनको बुबा प्रचण्डबहादुर बुढाथोकी मगर जनवादी सांस्कृतिक मोर्चाका मुर्धन्य व्यक्ति थिए । जसले रेलिमै सांंकृतिक मंडलको नेतृत्व गर्दै भारतको आसाम, दार्जिलिङ, खर्साङमा रहेका प्रवासी नेपालीहअरुलाई जगाउने काम गरेका थिए । उनले पश्चिम नेपालमा प्रगतीवादी सांस्कृतिक मोर्चाको कमाण्ड गर्दै नेपाली जनतालाई पञ्चायतबिरोधी अभियानमा सामेल गराएका थिए । बुबाको त्यही कुराले सिन्धुलाई पनि राजनीतिमा जानीनजानी तान्यो र फलतः राजनीतिमै होमिन पुगिन । उनले बाबाकै पथ पछ्याएर जनतालाई जागृत गर्ने कार्यमा आफूलाई समाहित गरिन ।
राजनीतिसँगै पढाईलाई अगाडी बढाएकी सिन्धुले नेपाली र समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट एमए पास गरेकी छिन् । हाल उनी नेपाल संस्कृति विश्वविद्यालयबाट विद्यावारिधी गर्दैछिन् ।
बुबा प्रचण्डको साथ लागेर सांस्कृतिक क्रान्तिको बाटोमा अग्रसर भएकी सिन्धुले २०३९ सालब्ँँट बिद्यार्थी राजनीतिमा सामेल भएकी थिईन ।
.यसपछि उनी राजनीतिको विभिन्न तह र तप्का पार गर्दै आदिवासी जनजाति सांस्कृतिक महासंघको केन्द्रीय कोषाध्यक्षसम्मको जिम्मेवारी बहन गर्न सफल भईन । यसै क्रममा उनी संविधानसभाको सदस्यसम्म बन्न सफल भईन मात्र भईनन् । जुन नेपालीद्धारा नेपालीले नै लेखिएको संविधानमा हस्ताक्षरकर्ता नै बन्न सफल भईन । नेपालमा संविधान जारी भैसकेपछि पछि आफ्नो राजनीतिक यात्रालाई अनवरत रुपमा अगाडी बढाईरहेकी छिन् ।
राजनीतिका अलावा साहित्य सिर्जनामा रमाउन चाहने उनी जनवादी शब्दसंजालमार्फत जनतालाई जागरुक बनाउन तल्लिन रहेकी छिन् । उनले दर्जनभन्दा बढी गितमा आफ्नो स्वर दिएकी छिन् । नृत्यमा समेत उत्तिकै पोख्त सिन्धुले रेडियो नेपालमा २०४२ सालमै पहिलो गित रेकर्ड गराएकी छिन् । यसका अलावा उनले उनले धेरै नै गितमा आफ्नो स्वर दिएकी छिन् । विभिन्न प्रतियोगितामा भाग लिएर प्रथम स्थान समेत हासिल गर्न सफल सिन्धुले थुप्रै र प्रतिष्ठित पुरस्कारबाट सुशाभित समेत भएकी छिन् ।
मनकारी स्वभावकी सिन्धु पछिल्लो समय समाजसेवाका माध्यमबाट समाज परिवर्तनका लागि तल्लिन रहेकी छिन् । उनले विपन्न तथा गरिव जनतालाई खाद्यान्नदेखि पोसाकसम्मको व्यवस्था गरिरहेकी छिन् । समाज बदल्नलाई हिडेकी सिन्धु कलाको माध्यमबाट जनतामा चेत जगाउन साथैसमाजसेवामा समेत उत्तिकै सकृय सिन्धुको यो यात्रा अविरल बगिरहेकोस् हाम्रो सुभेच्छाको साथै शुभकामना !