माघ १, २०८१ मंगलबार Tue Jan 14 2025

जग्गा ठगी गरेको आरोपमा पुर्व वडा अध्यक्ष बिष्ट पक्राउ



काठमाडौं । जग्गा सम्बन्धी ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का एकजना पूर्व वडाअध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

५८ वर्षीय मोहन बहादुर विष्ट शनिवार बिहान शंखपार्कबाट पक्राउ परेका हुन् । उनी नेकपा (एमाले) का तर्फबाट २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

विष्टसहित ३ जनाले धर्मस्थलीमा रहेको जग्गा दिन्छौँ भनेर बैना लएको तर, सो जग्गा अरूलाई नै बेचेर ठगेको आरोप छ ।

तारकेश्वर नगरपालिका वडा नम्बर–८ घर भएका राजेन्द्र कोइरालासँग उनीहरूले ७ करोड ८७ लाख बैना लिएका थिए । ठगीमा संलग्न तारकेश्वर–८ घर भएकी ५७ वर्षीया सुलोचना कँडेल, ४३ वर्षीया शान्ति पाठक र ५८ वर्षीय रबित विष्ट फरार छन् । 

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : ०३ बजे