माघ १, २०८१ मंगलबार Tue Jan 14 2025

साइपाल गाउँपालिकामा घरदैलोमै पुगेर बैंक खाता खोलिदै



काठमाडौं । देशका ७५३ वटै स्थानीय तहमध्ये ढिलो गरी बैंक स्थापना भएको साइपाल गाउँपालिकाका स्थानीय अब बैंकिङ च्यानलमा जोडिन थालेका छन् । पालिकाको दुर्गम भेगमा बसोवास गर्ने स्थानीयको बैंक खाता खोल्न घरदैलो कार्यक्रम संचालन गरेपछि उनीहरू बैंकिङ च्यानलमा जोडिन थालेका हुन् ।

गत असोज ९ गतेबाट मात्रै साइपालमा सेवा दिन सुरु गरेको एभरेस्ट बैंक र साइपाल गाउँपालिकाले स्थानीयको आर्थिक कारोबार व्यवस्थित गर्नका लागि उत्तरी क्षेत्रका गाउँमा घरदैलो कार्यक्रम गरेर खाता खोल्ने अभियान सुरु गरेको हो ।

गाउँपालिका र बैंकबीच यसअघि नै सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी सम्झौता भइसकेको छ, सम्झौता अनुसार पहिलो चरणमा सम्पूर्ण लाभग्राहीको खाता खोल्ने कार्यक्रम सञ्चालन भएको हो । फोटो खिच्ने र प्रिन्ट गर्ने उपकरणसहित घरदैलोमा गएको टोलीले उत्तरी क्षेत्रमा पर्ने जिमा, लासी, जगेरा, बलौडी र न्युनामा गाउँमा खाता खोल्न आठ दिनदेखि घरदैलो गरिरहेको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ३ : ३३ बजे