कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

सर्लाहीका चार पालिकाले अझै बजेट ल्याएनन



काठमाडौं । सर्लाहीका चार पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । कविलासी नगरपालिका, विष्णु, बसबरिया र पर्सा गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन् । राजनीतिक खिचातानी र बजेट बाँडफाँटमा कुरा नमिल्दा बजेट आउन नसकेको हो ।

बजेट नआउँदा चारवटै पालिकामा विकास निर्माण ठप्प छ भने नागरिकले सामाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन् । बजेट नआउँदा कर्मचारीसमेतले तलब बुझ्न पाएका छैनन् ।

चारवटै पालिकामा राजनीतिक किचलो तथा बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच कुरा मिल्न सकेको छैन । जसको असर बजेटमा परेको छ । बजेट नआउँदा विकास निर्माणका काम पूर्ण रूपमा ठप्प छन् । चाडवाडका बेलामा पनि कर्मचारीले तलब भत्ता खान पाएनन् । बजेट नआएकै कारण यी पालिकामा सामाजिक सुरुक्षा भत्तासमेत वितरण हुन सकेको छैन । सामाजिक सुरक्षा भत्ता नपाउँदा औषधि उपचार गराउन समस्या भइरहेको वृद्घवृद्घाहरूले गुनासो पोखेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ४ : ५९ बजे