कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

बालीकालाई बन्धक बनाई वेश्यावृतिमा लगाएको आरोपमा एक जना प्रकाउ



काठमाडौं । काठमाडौँको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा राखेर बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका सुजन तामाङ छन् । २९ वर्षीय तामाङलाई टोखा नगरपालिका वडा नम्बर–९ बाट पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रले बताए ।

बालिकालाई उनले गेस्ट हाउसमा राखेर वेश्यावृत्ति गर्न बाध्य बनाएर एक रातको ६ हजार सम्म असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । पीडित बालिकालाई उनले १ महिनासम्म गेस्ट हाउसबाट बाहिर निस्कन नदिएर जबरजस्ती यौन सम्पर्क गर्न बाध्य बनाएको सूचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान गरेको थियो ।

प्रहरीले अनुसन्धान थालेपछि फरार भएका उनलाई १ वर्षपछि पक्राउ गरिएको एसपी मिश्रले बताए । उनले भने, ‘अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’ 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ४ : ३१ बजे