कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

पर्यटनमन्त्री पाण्डेको उद्योग वाणिज्य महासङ्घका अध्यक्षलाई अनुरोध वडिमालिकामा पनि केवुलकार बनाउनुहोस



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले ताप्लेजुङको पाथिभरामा जस्तै बाजुराको बडीमालिका र बुढीनन्दामा पनि केबुलकार बनाउन आग्रह गरेका छन् । ताप्लेजुङ सरोकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई बडीमालिका र बुढीनन्दामा केबुलकार बनाउन आग्रह गरेका हुन् ।

मनकामना र चन्द्रागिरी केबुलकारको उदाहरण दिदै उनले भने ‘म बाजुराको मानिस, त्यहाँका बढीमालिका र बुढीनन्दा जस्ता प्रख्यात तीर्थस्थल छन् । त्यहाँ पनि केबुलकार निर्माण गर्नुस ।’

पाथीभरामा जसरी बहस चलाउदै हुनुहुन्छ, त्यसरी नै बढीमालिका र बुढीनन्दामा केबुलकार बनाएर ताप्लेजुङबासीलाई पनि बाजुरा आउने वातावरण सिर्जना गर्दिनुस’ मन्त्री पाण्डेले भने । केवलकार  प्रकृतिमैत्री भएकाले नेपालका लागि यो अपरिहार्य भएको मन्त्री पाण्डेको भनाई छ ।

महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष ढकालले सातै प्रदेशमा कम्तिमा एउटा केबुलकार सञ्चालनमा ल्याउने घोषणा गरिसकेका छन् । उनले राजधानीको चन्द्रागिरी, नबलपारसीको मौलाकाली, बुटबलमा लुम्बिनी केबुलकार सञ्चालन गरिरहेका छन् । यस्तै सुदुरपश्चिममा पनि केबुलकार बनाउन तयारी गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ५२ बजे