कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

ढोरपाटनका मेयर र उनका दाजु सहकारी अपचलनमा पक्राउ



काठमाडौं । इमेज सहकारी घोटालामा बाग्लुङको ढोरपाटनका मेयर देवकुमार नेपाली र उनका दाजु ओमबहादुर नेपाली पक्राउ परेका छन् । भारतीय प्रहरीको सहयोगमा उनीहरू दुवैलाई पक्राउ गरिएको बताइएको छ ।

देवकुमार सुदर्शन सहकारीका पनि उपाध्यक्ष थिए। सहकारी घोटालामा अनुसन्धान सुरु भएपछि दुवै जना फरार भएका थिए ।

इमेज सहकारीमा मात्र एक अर्ब ३८ करोड रुपैयाँभन्दा बढी बचत अपचलन गरेको अभियोग छ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  २ : ५९ बजे