आश्विन २, २०८१ बुधबार Wed Sep 18 2024

दुई दिनदेखि भइरहेको भारी वर्षाका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित



काठमाडौं ।दुई दिनदेखि भइरहेको भारी वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि सुदूरपश्चिमका सबै जिल्लामा निरन्तर वर्षा भइरहेको छ । तीव्र वेगको हावा सँगै भइहरेको वर्षाले मानिसहरूलाई आउजाउ गर्न समेत समस्या भइरहेको छ ।

पहाडी क्षेत्रमा भारी वर्षा भएपछि तराइका विभिन्न नदीहरूमा जल स्तर बढेको छ । कैलालीको कैलारी र भजनी नगरपालीकाका विभिन्न बस्तीहरूमा पानी पस्न थालेको छ । वर्षापछि खसेको पहिरोले तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गसहित विभिन्न सडक अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहु खर्क क्षेत्रमा पहिरो खसेको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिकास्थित साहु खर्कमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। रासस

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : १६ बजे