आश्विन २, २०८१ बुधबार Wed Sep 18 2024

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान




काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवद्र्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गर्नुभएको छ ।
मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।


युुवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताउनुुभयो । उहाँले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको बताउनुुभयो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : १० बजे