कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

मन्त्री पाण्डेको प्रतिबद्धता : इन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गर्नेछु



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताउनुभएको छ ।

सोमबार इन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

यसैगरी, मन्त्री पाण्डेले इन्द्रजात्राको अक्षय कोषलाई पाँच करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाउनुभएको छ । इन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आह्वान गर्नुभयो । इन्द्रजात्रा आगामी असोज १ गते मनाइने भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ४ : ०८ बजे