कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

तपाईको बजारको तेस्रो सोरुम बिजुली बजारमा 




काठमाडौं । तपाईको बजार (एसएमएस सभिस ग्रुप) को तेस्रो सोरुम आइतबार बिजुली बजारमा उद्घाटन गरिएको छ । तपाईको बजारले सबै ब्रान्डका नयाँ तथा पुराना बाइक र स्कुटरहरू विक्री गर्दै आएको छ । तीन वर्षअघि स्थापना भएको तपाइको बजारले तीन वटा सोरुमबाट सेवा दिइरहेको तपाईको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौरालाले बताए । काठमाडौंमा बसुन्धारा र बिजुली बजार र चितवनमा शोरुम रहेको छ । 
तपाईंको बजारको तेस्रो सोरुम बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले आइतबार उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा संसद् प्रभात तामाङ र प्रीज्म एडभरटाइजिङ एजेन्सिका म्यानेजर रञ्जित आचार्यको उपस्थिति रहेको थियो । 
तपाईको बजारबाट बाइक स्कुटर किन्दा ३ प्रकारको फाइनान्सको सुविधा रहेको छ । तलबको आधारमा फाइनान्स , व्यवसायको आधारमा फाइनान्स र रेमिट्यान्सको आधारमा फाईनान्सिङको सुविधा कम्पनीले दिइरहेको छ । तपाईको बजारबाट बाइक वा स्कुटर किन्दा ग्यारेन्टी बिना सवारी साधन फाइनान्स गर्ने पहिलो कम्पनी रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : ०६ बजे