भाद्र २२, २०८१ शनिबार Sun Sep 8 2024

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी गम्भीर विरामी



काठमाडौं ।काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी गम्भीर विरामी भएका छन् । गम्भीर विरामी भएपछि उनलाई वीर अस्पतालको आइसीयूमा राखिएको छ।

मिर्गौलामा जटिल समस्या आएपछि उनी २ साउनमा वीरमा भर्ना भएको नगरकी कार्यवाहक प्रमुख सुनिता शाक्यले जानकारी दिइन् ।

उनले भनिन्, ‘उहाँलाई पहिलेबाट नै मृर्गौला सम्बन्धी समस्या थियो, आजदेखि गाह्रो भएर आइसीयूमा राखिएका हो उहाँको उपचारमा कमी हुन नदिन नगरको तर्फबाट पहल भइहेको छ।’

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ५ : ५६ बजे