पाल टासेर वडाको सेवा सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंकै व्यस्त व्यापारी ठाँउ न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको विरोधमा वडा नम्बर २२ का जनप्रतिनिधिहरूले साङ्केतिक विरोध स्वरुप सडकमै बसेर काम गर्न थालेका छन् ।
वडाध्यक्ष चिनीकाजी महर्जनलगायत जनप्रतिनिधिले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् ।
वडाबाट दिइने वडावासिलाई सेवामूलक कामहरूका कागजपत्र अहिले वडाध्यक्षले सडकमै बसेर बनाइदिएका छन् ।
अर्को तिर वडावासिले हाम्रो मेयर बालेन साह होइन चिनिकाजि हुन भन्दै आइरहेका छ्न