असार १६, २०८१ आइतबार Sun Jun 30 2024

सांसद ठाकुर गैरेले स्थानीय तहहरुले बजेट निर्माणमा कानुन उल्लंघन गरेको आरोप लगाए



काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहहरूले संविधान र कानुनको उल्लंघन गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले संविधानले दिएको अधिकार र पालना गर्नुपर्ने कानूनलाई स्थानीय तहहरूले कार्यान्वयन गर्न नसकेको बताएका हुन् ।

उनले आगामी आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा संघीय सरकार प्रतिनिधि सभा, प्रदेश सरकार प्रदेश सभा र स्थानीय तहहरूमा संविधानको परिपालना नगरेको बताए ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ३ : १३ बजे