असार १६, २०८१ आइतबार Sun Jun 30 2024

टोखा नगरपालिकाले नगरवासिलाई पाँच हजार किरिया खर्च दिने



काठमाडौं । टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार उपलब्ध गराउने भएको छ । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिनेछ । 

नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले १० लाख  विनियोजन गरेको छ । चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गर्न रकम विनियोजन गरिएको छ । टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने उनको विश्वास छ । 

मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै मठमन्दिर, विद्यालयलगायत सबै सार्वजनिकस्थलमा बत्ती जडान, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घर संरक्षण, ‘मेयर दीर्घायु कार्यक्रम’ले निरन्तरता  पाएको छ । उपप्रमुखसँग बालबालिका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । रासस

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  १ : २३ बजे