भाद्र २२, २०८१ शनिबार Sun Sep 8 2024

प्युठानकाे प्रमुख व्यापारिक केन्द्र बाग्दुला बजार क्षेत्रकाे सडक अस्तव्यस्तता विरुद्ध उत्रियाे प्युठान नगरपालिका



यो भन्दा अगाडि नगरपालिकाले उपल्लो बाग्दुला क्षेत्रकाे अबरुद्ध वैकल्पिक सडक नगरपालिकाले डाेजर लगाएको थियोे

काठमाडौं । प्युठानकाे प्रमुख व्यापारिक केन्द्र बाग्दुला बजार क्षेत्रकाे सार्वजनिक जग्गा ओगटेका घरटहरा हटाउने भोलि अन्तिम समय दिएको उपप्रमुख देवेन्द्र बर्माले बताए ।

३ महिना पहिला सार्वजनिक सुचना जारी गरेपनि अटेरि गरेपछि भाेलि (८ गते) विहान देखि अस्थायी संरचना फाल्ने तयारी गरेको उहाले पालिकासमयलाई जानकारी गराए ।

यो भन्दा अगाडि नगरपालिकाले उपल्लो बाग्दुला क्षेत्रकाे अबरुद्ध वैकल्पिक सडक नगरपालिकाले डाेजर लगाएको थियोे हामी नगरवासिको हकहित र सेवामा समर्पित छौं आफुलाई तलमाथि हुन दिने छैन । त्यसैले यो महाअभियान जारी रहने समेत बताए ।

नगरपालिका प्रमुख विष्णु योगिले समेत सार्वजनिक जग्गामाथिको रजगज अन्त्य गर्न नगरपालिकापछि नहटने भन्दै कटिबद्ध रहेको बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ४ : ५८ बजे