मंसिर ७, २०८१ शुक्रबार Sat Nov 23 2024

संसद बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदहरुलाई निर्देशन



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसद् र समिति बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

शनिबार र आइतबार बसेको दलको बैठकले संसद बैठकहरूमा अनिवार्य उपस्थित भएर प्रभाकारी भूमिका खेल्न निर्देशन दिएको प्रमुख सचेतक पदम गिरीले बताए ।

यस्तै, संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितका सवालमा प्रभावकारी भूमिका खेल्न पनि अध्यक्ष केपी ओली शर्माले सांसदहरुलाई निर्देशन दिएका छन् ।
यस्तै, बैठकले युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी अप्ठ्यारो अवस्थमा रहेका नेपाली युवालाई अविलम्ब स्वदेश फर्काउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

संसदको हिउँदे अधिवेशन सुरु हुन दुई दिनअघि दलको बैठकले बोलाएर एमालेले आफ्ना सांसदहरुलाई ब्रिफिङ गरेको हो । संघीय संसदको हिउँदे अधिवेशन आज ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ११ : २४ बजे