भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

आज स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश



दाङ । लुम्बिनी प्रदेश स्थापना भएको छ बर्ष पुरा भएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेश सभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो ।

यस बर्ष दुईवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको हो । जसअनुसार आज लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा भब्य समारोहको आयोजना गरिएको छ ।

औपचारीक रुपमा दिवस मनाउन सरकारले सबै तयारी गरेको छ । प्रदेश सरकारले स्थापना दिवसको दिन आइतबार प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।

प्रदेश स्थापनाको यो अवधीमा प्रदेश सभाबाट ऐन निर्माण गर्नेदेखि सरकारले जनसरोकारको पक्षमा काम गरिरहेको जनाएको छ । तर, संघियतालाई बलियो बनाउनेगरी प्रदेश सभा र सरकारबाट बनेका ऐन, कानुनहरु भने पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् ।

अहिलेसम्म प्रदेशले चार जना मुख्यमन्त्री र अन्य मन्त्री, सांसदहरु उत्पादन गरिसकेको छ । पहिलो पाँच बर्षे कार्यकाल प्रदेश संरचनाको जग बसाल्न समय विताएको र दोस्रो कार्यकालमा संघीय शासन व्यवस्था अन्तरगत प्रदेशको औचित्य पुष्टी गर्नेगरी काम गर्नुपर्ने जिम्मेवारी प्रदेश तहसंग छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १२ : ५४ बजे