भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्ने बताएका छन् ।

सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई पनि छिट्टै सहिद घोषणा गर्नका लागि मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए।

उनले भने, ‘यहाँ छुट भएका केही म तपाईहरुलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको सहिद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ । गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ । त्यसो गर्दा अर्को ३ हजार छुट भएका सहिदहरु पनि राष्ट्रिय सहिदमा घोषणा, दर्ता भइनै सकेको छ । त्यहाँ अव हामी दुविधानमा बस्नुपर्दैन । ’

आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको पनि उनले उल्लेख गरे। सरकारले जनयुद्धमा सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : १९ बजे