कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

चिनियाँ उपमन्त्री हेयानको टोली आज नेपाल आउँदै



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज (शुक्रबार) नेपाल आउँदैछ ।

अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान ११ः ०० बजे नेपाल भ्रमणमा आउन लागेको हो । हेयान नेतृत्वको प्रतिनिधि मण्डल बङ्गलादेश हुँदै शुक्रवार नेपाल आउन लागेको हो ।

चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि लिएर विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १० : १९ बजे