भाद्र २३, २०८१ आइतबार Sun Sep 8 2024

‘जय श्री राम’ भन्दै देउवाले मोदीलाई दिए बधाई



काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रम गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

देउवाले मंगलबार एक्समा लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटन भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई । पवित्र जीवन अभिषेक समारोह सनातन धर्मका सबै अनुयायीहरूको लागि गौरवको क्षण हो। जय श्री राम!”

सोमबार राम मन्दिरमा अभिषेक भएको बेला नेपालका धेरै ठाउँमा दीपोत्सव भएको थियो ।

राम मन्दिर मंगलबार पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिरमा बिहानैदेखि दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १ : ४० बजे