भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज (बुधबार) बस्दैछ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरणलगायतका विषयमा छलफल गर्ने तयारी रहेको महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

महामन्त्री ढकालका अनुसार बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ । यसका साथै बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुने छ।

स्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका हुन् । यस विषयमा पनि बैठकमा छलफल हुनेछ । यसअघि सभापति रवि लामिछानेले नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडकमा पैदल यात्रा गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : ३३ बजे