आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ ।

दुई दिने बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ः०० बजेका लागि बोलाइएको छ ।

बैठकमा जसपाले गत भदौमा सञ्चालन गरेको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान र उक्त अभियानमा भएका साङ्गठनिक प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जनाकारी दिए ।

त्यसैगरी बैठकमा राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन प्रस्ताव गरिनुका साथै पार्टीको आगामी महाधिवेशनबारे समेत छलफल हुने प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ९ : १० बजे