आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

दुई सिटमै चित्त बुझाउँदै एकीकृत समाजवादी, घनश्याम र सावित्रीलाई उम्मेदवार बनाउने निर्णय



काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एकीकृत समाजवादीले दुई सिटमा भाग पाएको छ ।

आफूले पाएको दुई सिटमध्ये एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : १४ बजे