मंसिर ७, २०८१ शुक्रबार Fri Nov 22 2024

मुगु सामुहिक हत्या घटनामा संलग्न व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गर्दै



मुगु । मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ १३ दिनपछि परेका व्यक्तिलाई आज (शुक्रबार) प्रहरीले सार्वजनिक गर्ने भएको छ । पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका–३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न लागेको हो ।

उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । स्रोतका अनुसार शाही मृतकका आफन्त हुन् । हत्यामा उनीसँगै अर्का एक जनाको पनि संलग्नता रहेको अनुमान प्रहरीको छ । यसबारे अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ ।अनुसन्धानका लागि आइतबार मात्रै सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा एउटा टोली मुगु पुगेको थियो । कार्तिक १० मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : १४ बजे