मंसिर ८, २०८१ शनिबार Sun Nov 24 2024

संसदीय समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान



काठमाडौं । संसद्को राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।

राहत वितरणको अवस्थाबारे बुझ्न समितिका ११ सदस्य जाजरकोट र रुकुमपश्चिमका लागि प्रस्थान गरेको सभापति रामहरि खतिवडाले बताए।उनका अनुसार सबै सदस्य आफ्नै खर्चमा विमानमार्फत् जान लागेका हुन्। टोलीले प्रभावित क्षेत्रमा राज्य संयन्त्रको कामकारबाहीमा पनि प्रभाव नपार्ने उनले बताए । ‘हामी आफ्नै खर्चमा प्लेनमा जाँदैछौँ। खाने बस्ने पनि आफ्नै खर्चमा गर्छाैँ’, सभापति खतिवडाले भने, ‘हाम्रो भ्रमणले राज्यसंयन्त्रका कुनै पनि कामकारबाही प्रभावित हुन दिँदैनौँ।’उनले भूकम्प पीडितको अवस्था र राहत वितरणबारे बुझेर फर्किएपछि समितिको बैठकबाट सरकारलाई आवश्यक निर्देशन दिने बताए। भूकम्प गएको पाँच दिन भइसके पनि पीडितलेराहत नपाएको गुनासो गरेपछि समितिका सदस्य प्रभावित क्षेत्र जान लागेका हुन्।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ९ : १७ बजे