भाद्र २२, २०८१ शनिबार Sun Sep 8 2024

शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनु मात्रै हो : रवि लामिछाने



काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम मात्रै हुने टिप्पणी गरेका छन् ।

मंगलबार बोलाइएको सर्वदलीय बैठकमा सहभागी भएका उनले शीर्ष नेताहरूको कार्य शैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै अब बैठकमा सहभागी नहुने संकेत गरे ।

‘शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो, यसको खासै अर्थ हुँदैन,’ उनले भने, ‘सम्भवतः अब हामी उहाँहरूलाई नै टुंग्याउन दिन्छौँ, यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन ।’

उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा थप छलफल गर्ने भन्ने विषयमा लाग्ने बताए । उनले भने, ‘हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्छौं ।’

सर्वदलीय बैठक बुधबार बिहान ११ बजे बस्ने गरी समय तोकिएको छ । मंगलबारको संसद बैठकसमेत प्रधानन्यायाधीशको शपथ र एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै सारिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : ३१ बजे