माघ १४, २०८१ सोमबार Mon Jan 27 2025

हेलिकप्टर दुर्घटना : ६ जनाकै शव काठमाडौं ल्याउने तयारी



काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव फेला परेको छ ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ । हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् ।

मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिकप्टर पाइलट सीबी गुरुङले उडाएका थिए । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ५ : ५३ बजे