काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच चीनको वेइजिङस्थित एनडीआरसीको कार्यालयमा मंगलबार भेटवार्ता भएको छ ।
योजना आयोग र एनडीआरसीका बीचमा सन् २०१८ र२०१९ मा भएका सम्झौताहरू अनुसारका कार्यक्रमहरू मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी सो भेटवार्तामा भएको छ ।
नेपाल आगामी १६औँ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडीआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो । एनडीआरसी उपाध्यक्ष डा। श्रेष्ठले (एनडीआरसी) का उपाध्यक्ष लियाङलाई सहि समयमा नपाल भ्रमण आउनका लागि निमन्त्रण गरेका छन् ।
पहिले राज्य योजना आयोग (स्टेट प्लानिङ कमिसन) को रूपमा रहेको यस चिनिया संस्था हाल (एनडीआरसी) को रूपमा चिनिन्छ । यसै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई९ हाल कार्यान्वयनको चरणमा रहेको छ ।
त्यसैगरी आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी ९सीआईडीसीए०का उप मन्त्री डेङ बोगिङबीच पनि दिपक्षीय भेटवार्ता समेत भएको छ ।
उक्त भेटवार्ताका क्रममा दुई पक्षबीचमा चीन सरकारद्वारा नेपाललाई घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगति सम्बन्धमा छलफल भएको थियो । दुवै भेटवार्तामा चीनका लागि नेपाली पक्षबाट राजदूत विष्णुपुकार श्रेष्ठ लगायत दूतावासका उच्च अधिकारीहरू र नेपाली प्रतिनिधिमण्डलका सदस्य र चिन सरकारका उच्च अधिकारीहरू सहभागी थिए । मंगलबार आयोग उपाध्यक्षले चिनियाँ उपराष्ट्रपति हाङ चेफ्सँग भेटघाट नेपाल फर्कने कार्यतालिका रहेको छ ।