काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज पनि स्थगित भएको छ । आइतबारका लागि तय भएर आजका लागि सरेको बैठक भोली मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।
आइतबार स्थगित भएको बैठकको समय आज बिहान ११ बजेर १ मिनेटमा बस्ने उल्लेख गरिएको थियो । राष्ट्रिय सभा अध्यक्षको सचिवालयले अब बैठक भोली मंगलबार ११ बजेर १ मिनेटमा बस्ने जनाएको छ ।
असार १८ गते एक पुस्तकको विमोचन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल
प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले त्यसयता निरन्तर संघीय संसदका दुवै सदनमा अवरोध गर्दै आएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा प्रधानमन्त्रीले संसदसमक्ष आत्मालोचना गर्ने सहमति भए पनि लगत्तै एमालेले त्यो सहमति तोडेको थियो ।