माघ १४, २०८१ सोमबार Tue Jan 28 2025

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज दिउँसो ३ बजेका लागि बैठक तय भएको हो। यसअघि आइतबार बैठक विशेष कारण देखाउँदै स्थगित भएको थियो । पटक पटक प्रयास गर्दा पनि आइतबार बस्न नसकेपछि आजका लागि बैठक राखिएको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको शीर्ष नेताको बैठकमा सङ्घीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतका दलले सङ्घीय संसदका दुवै सदनको बैठक अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ८ : ५१ बजे