माघ १६, २०८१ बुधबार Wed Jan 29 2025

कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ



मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार बिहान नेकपा माओवादी केन्द्रबाट दुई र कांग्रेसका एक मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिएका हुन् ।

मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कार्की र खत्रीको जिम्मेवारी भने पछि तोकिनेछ ।

यसअघि गत शुक्रबार मन्त्री बनेका कमलप्रसाद जबेगु र प्रदीपकुमारको जिम्मेवारी पनि पछि तोकिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १ : ५० बजे