फाल्गुन २७, २०८१ मंगलबार Tue Mar 11 2025

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछ : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् ।

आफना नेताहरुलाई ‘पहिचान पक्षधर’ भनिनेहरुले आक्रामण गरेको तर सरकारले कुनै कारबाही नगरेको भन्दै आपत्ति जनाए पछि गृहमन्त्री श्रेष्ठले सो जबाफ दिएका हुन।

प्रतिनिधिसभा बैठकमा बोल्दै त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा सलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन ।

पहिचानवादीका पक्षधर आन्दोलनका क्रममा उत्रिएको बेला सम्पर्क गरेर राज्यलाई क्षेति पुग्ने किमिका कुनै गतिविधि नर्गन आग्रह गरेपनि उनीहरुले राज्यलाई ठूलो क्षेति पुग्ने गरि आन्दोलन गरेकाले अब उनीहररुलाई कानुनबमोजिम कार्बाही गरिने गृहमन्त्री क्षेष्ठले बताए ।

कोशी प्रदेश सरकारले पहिचानवादी पक्षधरलाई वार्ताका माध्यमबाट सामाधान गर्न समिति गठन समेत गरेको छ । अहिले आन्दोलनकारीहरुले कोशी प्रदेशमा हिंस्रक गतिविधि गदैँ आएका छन् । प्रदेश प्रमुखले भने अहिले उनीहरुले मानेका छैनन् । राजनैतिक दलहरुले कोशी प्रदेशका जनतामाथि विभिन्न बहानमा खेल खेलिरहेका छन् । शान्तिूिर्ण आन्दोल गर्ने अधिकार भएको बताए पनि कोशी प्रदेशको पुन ः नामकरणको माग राख्दै आतङ्क मच्याउन थालेका छन् । यस विषयमा पहिलो पटक संसदमा आवाज उठेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ४ : ५३ बजे