काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले संसद् बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयसमेत गरेको छ । सोहीअनुसार संसदीय दललाई निर्देशित गरेको महतले बताए । आइतबार नै कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी सरकार समावेश हुने निर्णयसमेत गरेको छ । बैठकले मन्त्रीको क्राइटएरिया बनाउने निर्णय गरेको छ । कांग्रेसले सत्तारुढ दलहरुको आन्तरिक छलफलपछि मन्त्रालय टुंगो लगाउने भएको छ । कांग्रेस आठ मन्त्रालयसहित सरकारमा सहभागी हुँदैछ ।