मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

सांसद गुरुङलाई भ्रष्ट्राचारको आरोपमा जरिवाना



काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्ट्राचारको आरोपमा जरिवानामात्र गर्ने सजाय सुनाइएको छ ।

मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङलाई विशेष अदालतले एक करोड २१ लाख ८४ हजार ४०१ रुपैयाँ जरिवाना र सो बराबरको बिगो भराउने सजाय गरेको हो ।

दुई साताअघि भृकुटीमन्डपस्थित फनपार्कको ठेक्कापट्टामा भएको भष्ट्रचारमा गुरुङसहित ९ जना दोषी ठहर भएका थिए । विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो । भट्टराईका अनुसार ७ जनालाई कैद र जरिवाना तथा दुईजनालाई जरिवानामात्र भएको छ ।

कैद सजाय नभएका रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र सो बराबरको बिगो भराउने फैसला भएको विषेश अदालतले जनाएको छ ।

नेकपा एमालेका नेतासमेत रहेका बद्री न्यौपानेलाई साढे ९ वर्ष जेल सजाय भएको छ । अख्तियारले १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : १३ बजे