काठमाडौं । जनता समाजवादी पार्टीले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको समितिका सदस्य रकम चेम्जोङले जानकारी दिए।
सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति बनेको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।
उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदै छ।