काठमाडौं । युवा सृजनशील समाज नेपाल युवा परिषद्को साझेदारमा मखमली जुत्ता बनाउने कार्यक्रमको समापन गरिएको छ । कार्यक्रमा महिला, जनजातिको लागि आयआर्जन बृद्धि गर्ने उद्देश्यले सीपमुलक तालीमअन्तर्गत मखमली जुत्ता बनाउने तीनदेखि कार्यक्रम ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा हिजो फागुन २४ गते समापन गरिएको हो ।
शारदा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसकी नेतृ सिर्जनासिंह श्रेष्ठ र अतिथि वडा नम्बर २९ का वडा अध्यक्ष कुशकुमार ढकाल रहेका थिए ।
कार्यक्रममा मखमली जुत्ता बनाउने तालीममा सहभागी भइ सीप आर्जन गरेका महिलाहरुलाई कार्यक्रमकी प्रमुख अतिथि सृजना सिंह श्रेष्ठ र सभापति शारदा लामाले प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरणपछि नेतृ श्रेष्ठले यस्ता सीपमुक तालीमले महिलाहरुको आयआर्जन बृद्धि हुने र स्वरोजगारमुखी बनाउने भन्दै युवा सृजनशील समाज नेपाल र राष्ट्रिय युवा परिषद्लाई धन्यवाद दिएकी थिइन् ।
उनले श्रेष्ठले यस कार्यक्रमबाट आर्जन गरेको सीपलाई व्यवसायिक बनाएर उपयोग गर्न तालीममा सहभागी दिदीबहिनीहरुलाई सुझाव दिएकी थिइन् । शारदा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा तालमीममा सहभागीहरुले आ–आफ्नो धारणा राख्नुका साथै विभिन्न अतिरिक्त क्रियाकलापहरु प्रस्तुत गरेका थिए ।
त्यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष कुशकुमार ढकालले मखमली जुत्ता बनाउने कार्यक्रमले महिलाहरुमा सीप विकास भएको र यसबाट प्राप्त सीपलाई व्यवसायिक बनाउन सहभागीहरुलाई सल्लाह दिएका थिए । ढकालले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मखमली जुत्ता बनाउने कार्यक्रमको समापन गरी तालीममा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएकाले महिला दिदीबहिनीहरुमा उत्साह थपिएको बताए ।
कार्यक्रमको सभापति शारदा लामाले यस मखमली जुत्ता बनाउने कार्यक्रममा सहभागी दिदीबहिनीहरुले आफूले प्राप्त गरेको सीपलाई उत्पादनमुलक ठाउँमा उपयोग गर्न सुझाव दिएकी थिइन् । सभापति लामाले युवा सृजनशील समाज नेपाल र राष्ट्रिय युवापरिषद्को साझेदारीमा भएको मखमली जुत्ता बनाउने कार्यक्रममा उत्साहजन उपस्थिति रहेको बताएकी थिइन् ।
उनले आफूले ल्याएको मखमली जुत्ता बनाउने तालिम कार्यक्रम उपयोगी भएको भनेर सबैतिरबाट प्रशंसा पाएको भन्दै खुसी व्यक्त गरेकी थिइन् । कार्यक्रम सामुदायिक भवन घट्टेकुलोमा भएको थियो ।