काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ ।
रास्वपाको आज बसेको बैठकले राष्ट्रपतिमा ९ दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् र उनीहरुको १५०१ मतभार रहेको छ ।