काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सन्दर्भका उपत्यका स्तरीय अगुवा विद्यार्थी भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ । आज दिउँसो ३ः३० बजे राष्ट्रयसभा गृहमा भेला तथा अन्तक्र्रिया कार्यक्रम हुने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।
नेविसंघ आगामी चैत ५ हुने स्ववियु निर्वाचन हुँदैछ । २७ फागुन ९शनिबार० उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएको छ । सो दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारी गर्न सकिनेछ । ५ चैतका दिन बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन मिति तय भएको छ ।